कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सरकारले पहिचानवादीलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको छ : ओली 

काठमाडौँ — एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरुलाई प्रोत्साहित गरी आफ्नो पार्टीमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् । 

सरकारले पहिचानवादीलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको छ : ओली 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको बताएका हुन् । कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटना भइरहेको उनको दाबी थियो ।

उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब एमाले प्रतिवादमा उत्रिने चेतावनी दिए । उनले एमालेले पहिचानका नाममा भइरहेका आपराधिक क्रियाकलापको सामना गर्न नडराउने बताए ।

अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दंगाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैल्याउने कोसिस गरे पनि सफल नबनेको बताए ।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैंनै सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको आरोप लगाए ।

प्रकाशित : जेष्ठ २५, २०८० १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?