कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विदेशी 'कल बाइपास'को धन्धामा संलग्‍न चिनियाँ र नेपाली नागरिक पक्राउ

काठमाडौँ — अन्तर्राष्ट्रिय कल तथा एसएमएस बाइपास गरेर अवैध धन्धा चलाउने गिरोहमा संलग्न एक चिनियाँ र नेपाली नागरिक पक्राउ परेका छन् । चिनियाँ नागरिक झाओ जियाङपेङ र नेपाली नागरिक गणेश श्रेष्ठलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको हो ।

चीनको शान्छी स्थायी बसोबास भएका झाओ ६३५९३७८ नम्बरको पासपोर्टसहित ललितपुरको महालक्ष्मी नगरपालिका ५ टीकाथलीको खरिबोटस्थित कान्छु बुढाथोकीको घर भाडामा लिएर अवैध धन्धा चलाउँदै आएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

उनीसँगै अवैध धन्धामा संलग्न सिन्धुपाल्चोक त्रिपुरासुन्दरी ४ का गणेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको हो । ललितपुरको टीकाथली खरिबोटस्थितमा केही व्यक्तिहरुले गैरकानुनी रुपमा शंकास्पद गतिविधि गरिरहेको सूचनाका आधारमा लामो समयको निगरानीपछि पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरूको साथबाट ठूलो परिणाममा नेपाली रुपैयाँसहित सिम कार्ड तथा अन्य अवैध उपकरणहरु बरामद गरिएको प्रहरीले जनाएको छ । साथै पक्राउ परेका दुबै जनामाथि दूरसंचार ऐन, २०५३ अन्तर्गत मुद्दामा ललितपुर जिल्ला अदालतबाट म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक एवं प्रवक्ता संजय सिंह थापाका अनुसार उनीहरूको साथबाट २५६ वटा पोर्ट, चारवटा राउटर, दुईवटा ल्यापटप, १२८ वटा एन्टेना, चारवटा मोबाइल साथै नेपाली, चिनियाँ, इन्डोनेसियन, ब्राजिलियन, म्यानमार क्याट, अमेरिकन र हङकङ डलर गरी ठूलो मात्रामा रकम पनि बरामद गरिएको छ ।

प्रकाशित : जेष्ठ २४, २०८० १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?