कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

एमालेले हटायो ७० वर्षे उमेरहद

– ७० वर्ष उमेर पूरा भए पनि सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन सक्ने
दोस्रो पुस्ताका नेता अध्यक्षसहित कार्यकारी पदमा पुग्ने सम्भावनामा बाधा
मणि दाहाल

काठमाडौँ — एमालेले कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेर हद हटाएको छ । एमाले सचिवालय बैठकले ‘कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्ने’ विधानको व्यवस्था निलम्बन गरेको हो । यो निर्णयले दोस्रो पुस्ताका नेता अध्यक्षसहित कार्यकारी पदमा छिट्टै पुग्ने सम्भावना अवरोध गर्ने भएको छ ।

एमालेले हटायो ७० वर्षे उमेरहद

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारको सचिवालय बैठकमा विधान महाधिवेशबाट उमेर हदसम्बन्धी व्यवस्था हटाउने गरी हाललाई निलम्वन गर्न प्रस्ताव राखेका थिए । एमालेका एक पदाधिकारीका अनुसार एकीकृत समाजवादी पार्टीबाट एमाले प्रवेश गरेका मुकुन्द न्यौपानेलाई केन्द्रीय सदस्य बनाउनु पर्ने भन्दै उक्त प्रस्ताव गरेका थिए । ‘अर्कोबाट आउनुभएको नेतालाई केन्द्रिीय सदस्य बनाउन मिलेन, हाललाई यो विधानको व्यवस्थालाई निलम्बन गरौं,’ ओलीको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने । न्यौपाने ७२ वर्षका छन् । ती पदाधिकारीका अनुसार अध्यक्ष ओलीले पहिलेदेखि नै उमेर हदसम्बन्धी व्यवस्था रुचाएका थिएनन् ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले कार्यकारीका लागि उमेर हद राख्ने कि हटाउने भन्ने विषयमा विधान महाधिवेशनले निर्णय गर्ने बताए । सचिवालय बैठकले निलम्बन गरेको विधानको धारामा भनिएको छ, ‘सबै तहका कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन ७० वर्ष उमेर पुरा नभएको हुनुपर्नेछ तर ७० बर्ष पुरा नहुादै निर्वाचित वा मनोनित भएको व्यक्तिले अर्को महाधिवेशन/अधिवेशन नभएसम्म आफू निर्वाचित वा मनोनित पदमा रही जिम्मेवारी बहन गर्न बाधा पुगेको मानिने छैन ।’

शुक्रबारको सचिवालय बैठकले संगठनको जिम्मेवारी व्यापक हेरफेर गर्नुका साथै न्यौपानेसहित १७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो । बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले अन्य विषयमा जानकारी गराए पनि विधानको व्यवस्था निलम्बन गरिएको बारे केही उल्लेख गरेका थिएनन् । एमालेका नेताहरुले यस विषयमा सार्वजनिक टिप्पणी गर्न चाहेनन् ।

एमालेको २०६५ सालमा बुटवल भएको आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुई पटक भन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनले ७० वर्ष प्रावधान ल्याएको थियो ।

बुटबल महाधिवेशबनाट मोदनाथ प्रश्रितले उमेर ढल्किादै गएपछि कार्यकारी पदमा बस्न नहुने भन्दै अवकास लिएका थिए । त्यसैगरी भरतमोहन अधिकारी र सिद्धिलाल सिंह काठमाडौंमा भएको नवाौ महाधिवेशनबाट पार्टीको कार्यकारी जिम्मेवारीबाट अलग्गिएका थिए । दशौं महाधिवेशनमा सत्यनारायण मण्डलहरु ७० वर्ष प्रावधानको कारण पार्टीबाट बाहिरिएका थिए ।

२०७८ साल असोजमा ललिलतपुरको गोदावरीमा भएको एमालेको पहिलो विधान महाधिवेशनले ७० वर्ष पुग्नु अघि निर्वाचित कार्यकारीको हकमा त्यस्तो व्यवस्था लागू हुने गरी व्याख्या गरेको थियो । अध्यक्ष ओलीलाई सहज हुने गरि सो व्यवस्था गरिएको थियो । त्यसै वर्षको मंसिरमा चितवनको सौराहा भएको एमाले दशौं महाधिवेशनले ओलीलाई अध्यक्षमा दोस्रो पटक निर्वाचित गरेको थियो । ओली ७२ वर्षका भए ।

‘अहिलेको अवस्था रहे दोस्रो कार्यकालभन्दा बढी एउटै कार्यकारी जिम्मेवारीमा नहरने व्यवस्था पनि हट्छ भन्ने लाग्छ,’ एमाले पदाधिकारीले भने, ’पार्टी जस्तै सुकै अवस्थामा पुग्दा पनि पद नछाड्ने र नेतृत्व पुस्तान्तरण नगर्ने पुरानो प्रवृत्ति दोहोरिने संभावना धेरै छ । यो निकै संघर्ष गरेर ल्याएको व्यवस्था थियो । अहिले समाप्त पार्ने काम भयो ।’

पहिलो पटक अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष आˆनै शैलीमा उनले घोषणा गरेका थिए – म एकै क्लासमा दोहोर्‍याएर पढ्ने विद्यार्थी होइन । तर दशौं महाधिवेशनमा पार्टी विभाजनको भएको र ओलीमाथि प्रहार तथा पार्टीमाथि चौतर्फी घेराबन्दी भएको भन्दै दोहोर्‍याएर अध्यक्ष बनेका थिए ।

शीर्ष तहमा रहेका नेताहरुले पद छाड्ने र नयाा प्रवेश गर्नेहरुको संख्या कम हुादा पार्टी संगठन मादल जस्तो भएको बनेको भन्दै त्यसलाई खोल्न पनि नयाा पुस्तालाई नेतृत्वमा ल्याउन ७० वर्ष र दुई कार्यकालको व्यवस्था सुरु गरिएको थियो ।

नेतृत्व परिवर्तनको चिनियाा मोडल भन्दै आएको व्यवस्थाले एमाले शुरु गर्दा त्यसको प्रशंसा भएको थियो । पछि नेपाली कांग्रेसले पनि दुई कार्यकालको व्यवस्था अपनाएको थियो । सन् २०१८ मा चिनियाा कम्युनिष्ट पार्टीले पार्टीको विधान संशोधन गर्दै राष्ट्रपति सी चिनफिङलाई आजिवन नेतृत्वमा रहने बाटो खोलिदिएको थियो । २०७५ जेठ ३ मा भएको एमाले र माओवादी केन्ऽबीच एकता भएपनि बनेको नेकपाको विधानमा पनि ७० वर्षे र दुई कार्यकालको प्रावधान हटाइएको थियो ।

सन् १९४९ मा सत्तामा पुगेको चिनियाा कम्युनिस्ट पार्टीमा त्यसपछि करिब तीस वर्ष माओको नेतृत्व रहृयो । यस अवधिमा चीनले खासै प्रगति गर्न सकेन, उसले ‘एसियाको रोगी’ को नाम पायो।

सन् १९७८ मा देङको उदयपछि उनले आर्थिक खुलापन र राजनीतिक सुधारका कार्यक्रम सुरु गरे । सन् १९८२ मा चिनियाा कम्युनिस्ट पार्टीको पााचौं महाधिवेशनले संविधान संशोधन गरी दुई कार्यकाल व्यवस्था लागू गर्‍यो। सन् १९८२ मा एकैपटक चिनियाा क्रान्तिमा संलग्न १ सय ८२ जना केन्द्रीय सदस्य बिदा भएका थिए ।

एमाले पदाधिकारीको कसको उमेर कति ?

अध्यक्ष केपी शर्मा ओलीः २००८ फागुन ११

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : २०१० माघ २२

उपाध्यक्ष सुवास नेम्वाङः २००९ फागुन २८

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यः २०१० असोज

उपाध्यक्ष विष्णु पौडेलः २०१६ मंसिर ५

उपाध्यक्ष सुरेन्द्र पाण्डेः २०१५ भदौ ९

उपाध्यक्ष रामबहादुर थापा : २०१२ वैशाख १९

उपाध्यक्ष युवराज ज्ञवाली : २०१० असार १३

महासचिव शंकर पोखरेल : २०१९ फागुन १५

उपमहासचिव प्रदीप ज्ञवाली : २०१९ भदौ २८

उपमहासचिव पृथ्वीसुब्बा गुरुङ : २०१४ फागुन २

उपमहासचिव विष्णु रिमाल : २०१९ जेठ १७

प्रकाशित : जेष्ठ २३, २०८० २२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?