सुनकोशी दुर्घटना : दुई शवको पहिचान


काठमाडौँ — सुनकोशी जिप दुर्घटनामा बेपत्ता भएका सीटीईभीटीका अधिकारीहरूमध्ये दुई जनाको शव पाँच दिनपछि भेटिएको छ । फेला परेकामध्ये प्रशासन महाशाखा निर्देशक सहसचिव कृष्ण बहादुर केसी र विद्युत प्रशिक्षक भानु पौडेलको शव पहिचान भएको बताइएको छ ।


भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको जिप शुक्रबार मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका ७ लौकुनमा दुर्घटना भएको थियो ।
दुर्घटनापछि जिपसहित तीन जना सीटीईभीटीका कर्मचारीहरू बेपत्ता थिए । पाँच दिन लगातारको खोजीपछि बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव भेटिएको हो । सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेल अझै बेपत्ता छन् । दुर्घटनामा चालक भने सुनकोशीमा पौडिएर उत्रिएका थिए ।
सुनकोशीको पानीलाई डाइभर्ट गरी खोताखोरको सहायतामा मंगलबार दुर्घटनाग्रस्त जिप पनि भेटिएको छ । बेपत्ता एक जनाको खोजी बुधबार पनि गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित : जेष्ठ २३, २०८० २१:३२