कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अन्तर्राष्ट्रिय तामाङ परिषद्‌को अध्यक्षमा चम्पाडोल्मा र महासचिवमा टासी

रासस

काठमाडौँ — अन्तर्राष्ट्रिय तामाङ परिषद्‌को अध्यक्षमा चम्पाडोल्मा लामा र महासचिवमा टासी लामा सर्वसम्मत निर्वाचित भएका छन् । लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित भएका हुन् । 

अन्तर्राष्ट्रिय तामाङ परिषद्‌को अध्यक्षमा चम्पाडोल्मा र महासचिवमा टासी

थाइल्याण्डमा आइतबार सम्पन्न पाँचौ सम्मेलनमा पारित विद्यानअनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडि बढ्ने समेत निर्णय गरेको छ । सम्मेलनले यसअघिको कार्यकारी अध्यक्ष हुने प्रणाली हटाइ कार्यकारी महासचिव हुने बनाएको हो । 'परिषद्‌को कामलाई नियमित र चुस्त बनाउन परिषद्‌लाई महासचिव प्रणालीमा लैजाने निर्णय भएको हो', नेपाल तामाङ घेदुङका संघीय सहअध्यक्ष कुमार घिसिङले भने ।

नवनिर्वाचित महासचिव लामाले सम्मेलनले संसारभर छरिएका तामाङलाई एकताको सुत्रमा जोड्न भाषा, संस्कृति, मैत्रिपूर्ण सम्बन्ध, आर्थिक सांस्कृतिक आदानप्रदान र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता महत्वपूर्ण विषयहरुमा जोड दिने बताए । 'सम्मेलनले भाषा, संस्कृति, साहित्य, इतिहासजस्ता नौ वटा फरक–फरक विषयगत समितिहरु बनाएको छ । अब ती समितिहरु विषय विज्ञहरुले नेतृत्व गर्नेछन् । छ महिनाभित्र विज्ञहरुको भेला गरी त्यो समितिहरु निर्माण गरिनेछ', उनले भने ।

सम्मेलनबाट उपमहासचिवमा लक्यान लामा तामाङ (अमेरिका), सचिवमा रामप्रसाद तामाङ (भारत), शुभराज बम्जन तामाङ (दक्षिण कोरिया), बुदु माया योन्जन तामाङ (रोमानिया) र कोषाध्यक्षयमा हवाल चन्द्र लामा तामाङ (जपान)का निर्वाचित भएका छन् ।

एक्काइस वर्षअघि स्थापना भएको परिषद्ले अब पूर्णरुपले अन्तर्राष्ट्रिय संघठनको मान्यताअनुसार काम गर्नसक्ने स्थितिमा पुगेको महासचिव लामाको भनाइ छ । सम्मेलनमा १७ सदस्यीय संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता थियो ।

परिषदमा स्थायी, राष्ट्रिय र सम्बन्धन संस्थाहरु सदस्य रहनेछन् । निर्वाचन प्रणालीअनुसार महासचिवका लागि स्थायी र राष्ट्रिय संस्थाहरुबाट सिफारिस हुनुपर्छ । हाल परिषद्‌मा नेपाल, भारत, भुटान, बर्मा र थाइल्याण्ड स्थायी सदस्य छन् । राष्ट्रियमा अमेरिका, जापान, बेल्जियम, बेलायत, पोर्चुगल र अस्ट्रेलिया छन् ।

प्रकाशित : जेष्ठ २३, २०८० १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?