१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कोशी प्रदेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा

मोरङ — कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट सहभागी दुई जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेपछि भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरणमन्त्री जीवन आचार्यले पदबाट राजीनामा दिएका हुन् ।

कोशी प्रदेश सरकारबाट माओवादीका दुई मन्त्रीले दिए राजीनामा

उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका छन् ।

उनीहरु गत पुस २५ गते मन्त्री नियुक्त भएका थिए । माओवादीबाट चापागाईंले पार्टीको नेतृत्व गरेर मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा गएका थिए ।

बदलिएको राजनीतिक परिस्थित कारण देखाउँदै माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको हो ।

प्रकाशित : जेष्ठ २३, २०८० १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?