अवरोधपछि प्रतिनिधिसभाको बैठक सोमबारसम्म स्थगित

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलले अवरोध गरेपछि रोकिएको प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबारको बैठक अवरोध गरेपछि एक घण्टाका लागि बैठक स्थगित भएको थियो ।

अवरोधपछि प्रतिनिधिसभाको बैठक सोमबारसम्म स्थगित

तर आइतबार अर्को बैठक बस्ने संभावना नभएपछि प्रतिनिधिसभाका सचिव पद्य प्रसाद पाण्डेयले सूचना टाँसी सोमबारसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन् ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा राष्ट्रघाती काम भएको भन्दै एमाले,रास्वपा र राप्रपाले आइतबारको बैठक अवरोध गरेका थिए । उनीहरुले यो विषयमा प्रधानमन्तीले जवाफ दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित : जेष्ठ २१, २०८० १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?