भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री दाहालले भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन् । 

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो

आफ्नो निम्तो ग्रहण गरेपछि प्रधानमन्त्री मोदीले अनुकूल समय मिलाएर भ्रमणमा आउने बताएको प्रधानमन्त्री दाहालको भनाइ थियो ।

'भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको बताउँदै उपयुक्त समयमा भ्रमण गर्ने जवाफ दिनुभएको छ,' प्रधानमन्त्री दाहालले भने ।

प्रधानमन्त्री दाहाल जेठ १७ मा ४ दिने भारत भ्रमणमा गएका थिए । उनी शनिबार साँझ ६ बजे स्वदेश फर्किएका हुन् । उनले भ्रमण परिणाममुखी रहेको बताए ।

प्रकाशित : जेष्ठ २०, २०८० १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?