परियोजनालाई चाहिने विस्फोटक पदार्थ उपलब्ध गराउन भारत सकारात्मक : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा निर्माणाधीन जलविद्युत् तथा सडकजस्ता ठूला विकास परियोजनाका लागि अतिआवश्यक पर्ने विस्फोटक पदार्थको सरल र सहज आपूर्तिका लागि भारतीय समकक्षीसँग सकारात्मक कुराकानी भएको बताएका छन् । 

परियोजनालाई चाहिने विस्फोटक पदार्थ उपलब्ध गराउन भारत सकारात्मक : प्रधानमन्त्री दाहाल

चार दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुलाई उक्त जानकारी दिएका हुन् । 'जलविद्युत् तथा सडक जस्ता ठूलो परियोजनाका लागि आवश्यक विस्फोटक पदार्थको सरल र सहज आपूर्तिको विषयमा मैले भारतीय प्रधानमन्त्री मोदीजीसँग सकारात्मक कुरा गरेको छु,' दाहालले भने ।

भारतले आफ्नै देशका लागि आवश्यक रहेको भन्दै विस्फोटक पदार्थको आपूर्ति रोकेपछि ठूला पूर्वाधार परियोजनाहरु अघि बढाउन समस्या देखिँदै आएको छ । नेपालको भौतिक पूर्वाधार निर्माणको परियोजनाहरुमा प्रयोग हुने विस्फोटक पदार्थमध्ये ८० प्रतिशत भारतबाट आयात गर्ने गरिएको थियो । भारतले २०७९ चैत ३० गतेदेखि विस्फोटक पदार्थ निर्यातमा रोक लगाएको छ ।

प्रकाशित : जेष्ठ २०, २०८० १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?