कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत

काठमाडौँ — भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् । ४ दिने भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री दाहाल शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका हुन् । 

प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत

मुख्यमन्त्री चौहानले प्रधानमन्त्रीलाई स्वागत गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै भनेका छन्, 'मध्य प्रदेशको पवित्र भूमीमा पाल्नु भएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' लाई हृदयदेखि नै अभिनन्दन । आज इन्दौर विमानस्थलमा नेपालका प्रधानमन्त्रीलाई पुष्पगुच्छा दिई आत्मीय स्वागत गरेँ ।'

प्रधानमन्त्री दाहालले इन्दौरमा फोहोर व्यवस्थापनबारे अवलोकन गर्नेछन् । त्यसपछि उनी आजै मध्य प्रदेशको अर्को सहर उज्जैन पुग्नेछन् । उज्जैनमा प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरको दर्शन गर्नेछन् । साथै त्यहाँ उनले १०८ किलो रुद्राक्ष चढाउने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री दाहालले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता गरेका थिए । बिहीबार नै उनले भारतीय उपराष्ट्रपति जयदीप धनखड र राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित : जेष्ठ १९, २०८० १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?