कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

सीमाका समस्या हल गर्ने कुरा मोदीजीबाटै आउनु महत्त्वपूर्ण : प्रधानमन्त्री

नयाँ दिल्ली — भारतले नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने कुरा निकै महत्त्वपूर्ण भएको प्रधानमन्त्री दाहालले बताएका छन् । समकक्षी नरेन्द्र मोदीले बिहीबार संयुक्त पत्रकार सम्मेलनमा नेपालसित सीमासहित सबै मुद्दाको समाधान गर्ने बताएका थिए ।

सीमाका समस्या हल गर्ने कुरा मोदीजीबाटै आउनु महत्त्वपूर्ण : प्रधानमन्त्री

शुक्रबार नयाँ दिल्लीमा पत्रकारहरूसँगको कुराकानीका क्रममा प्रधानमन्त्री दाहालले मोदीसँग आफूले तीन पटक 'वान टु वान' कुराकानी गरेको र त्यसबेलामा मोदीले नै सिमानाका कुराहरु सधैंका लागि हल गर्नुपर्छ भनेको उनले बताए ।

'सीमानाको कुरा अर्को चर्को कुरा थियो । मोदीजीले मसँगको भेटमा सीमाका कुरा अब सधैंका लागि हल गर्नु पर्छ भन्नुभयो । अब गम्भीर रुपमा लागौं भन्नु भयो । उहाँले प्रेसमा पनि बोल्नु भयो– नेपालसँग सीमाका समस्या हल गरिन्छ भनेर । मलाई लागि रहेको थियो छलफलमा उठाउनुपर्छ भनेर । तर उहाँले नै यो कुराको सुरुआत गर्नुभयो ।'

समकक्षी मोदीले सीमानाको कुरा हल गर्ने कुरा ऐतिहासिक र महत्त्वपूर्ण भएको उनले बताए । प्रधानमन्त्री दाहालले भने, 'मोदीजीले सिमानाका बारे यसअघि आफ्नो मुखबाट कहिल्यै भन्नु भएको थिएन । यो पनि यो पटकको भिजिटको एउटा ब्रेक थ्रु भयो ।'

प्रकाशित : जेष्ठ १९, २०८० ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको १६ वर्ष पुरा भएको छ । गणतन्त्रको गति कस्तो लागिरहेको छ ?