२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

अग्निपथ र ईपीजीबारे दुई प्रधानमन्त्रीबीच छलफल भएन : विदेश सचिव क्वात्रा

नयाँदिल्ली — भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपाल र भारतका प्रधानमन्त्रीबीच नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनलगायतका विषयमा चर्चा नभएको बताएका छन् ।

अग्निपथ र ईपीजीबारे दुई प्रधानमन्त्रीबीच छलफल भएन : विदेश सचिव क्वात्रा

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव क्वात्राले व्यक्तिगत स्तरमा र त्यसपछि द्विपक्षीय प्रतिनिधिमण्डलबीच भएको बैठकमा ती विषयहरू नउठेको बताएका हुन् ।

प्रधानमन्त्रीहरूको संयुक्त पत्रकार सम्मेलनपछि विदेश सचिव क्वात्राले पत्रकार सम्मेलन गरेका थिए । पत्रकारहरूले सोधेको प्रश्नमा क्वात्राले भने,‘मेरो जानकारीमा भएअनुसार अग्निपथमा गोर्खा भर्ती, ईपीजी र शान्ति तथा मैत्री सन्धिको विषयमा दुई प्रधानमन्त्रीहरूबीच द्विपक्षीय र प्रतिनिधिमण्डलस्तरीय बैठकमा कुरा भएन ।’ उनले भारतको संसद्मा भर्खरै राखिएको ‘अखण्ड भारत’को मुरालको बारेमा पनि दुई प्रधानमन्त्रीबीचमा छलफल नभएको बताए ।

प्रकाशित : जेष्ठ १८, २०८० १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?