दुई देशको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउनु मेरो भ्रमणको उद्देश्य : प्रधानमन्त्री दाहाल

नयाँदिल्ली — चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भ्रमणको प्रमुख उद्देश्य दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनु रहेको बताएका छन् ।

दुई देशको सम्बन्ध नयाँ उचाईमा पुर्‍याउनु मेरो भ्रमणको उद्देश्य : प्रधानमन्त्री दाहाल

बुधबार भ्रमणको पहिलो साँझ नयाँदिल्लीस्थित नेपाली दूतावासको आयोजनामा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । यस क्रममा उनले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउनु आफ्नो भ्रमणको उद्देश्य रहेको बताए ।

दाहालले भोलि बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने पनि जानकारी दिएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधबार दिउँसो नयाँदिल्ली पुगेका दाहाल पहिलो रात मौर्य होटलमा बस्नेछन् ।

बिहीबार उनले हैदरावाद हाउसमा समकक्षी मोदीसँग वार्ता गर्नेछन् । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले दाहाललाई स्वागत औपचारिक रुपमा स्वागत गरेकी थिइन् । तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो भारत भ्रमण हो । यस भ्रमणमा नेपाल सरकारका पाँच मन्त्रीहरू पनि सहभागी छन् ।

प्रकाशित : जेष्ठ १७, २०८० २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?