प्रधानमन्त्री दाहालसँग नयाँदिल्लीमा क्वात्रा र डोभालको भेटवार्ता

कान्तिपुर संवाददाता

नयाँदिल्ली — चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भारत सरकारका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गरेका छन् ।

भारत भ्रमणको पहिलो दिन प्रधानमन्त्री दाहाल नयाँदिल्लीस्थित मौर्य होटलमा बसेका छन् । विमानस्थलमा स्वागतपछि दाहाल होटल पुगेका थिए ।

सोही होटलमा प्रधानमन्त्री दाहाललाई भेट्न क्वात्रा र डोभाल होटल पुगेका हुन् । प्रधानमन्त्री दाहाललाई बुधबार दिउँसो इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न विदेश मन्त्रालयका राज्यमन्त्री मिनाक्षी लेखी पुगेकी थिइन् ।

तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो भारत भ्रमण हो । दाहालको भ्रमण दलमा परराष्ट्रमन्त्री एमपी साउदसहित पाँच मन्त्रीहरू सहभागी छन् । दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बिहीबार हैदराबाद हाउसमा दुई पक्षीय वार्ता हुने तालिका रहेको छ ।

प्रकाशित : जेष्ठ १७, २०८० १८:४२
प्रतिक्रिया
पठाउनुहोस्