उपराष्ट्रपतिको वातावरण विज्ञमा चन्देश्वर सदा नियुक्त

काठमाडौँ — उपराष्ट्रपतिको वातावरण तथा जलवायु परिवर्तन विज्ञमा चन्देश्वर सदा नियुक्त भएका छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवले धनुषाको जनकपुर उपमहानगरपालिका-७ का स्थायी बासिन्दा सदालाई वातावरण तथा जलवायु परिवर्तन विज्ञमा नियुक्त गरेका हुन् ।

उपराष्ट्रपतिको वातावरण विज्ञमा चन्देश्वर सदा नियुक्त

उपराष्ट्रपति कार्यालयकाअनुसार सदालाई राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७४ को दफा १३ बमोजिम बुधबारदेखि लागू हुने गरी वातावरण तथा जलवायु परिवर्तन विज्ञमा नियुक्त गरिएको हो ।

मधेशमा दलित समुदायमध्ये पनि सबैभन्दा पछाडि परेको समुदायबाट निजामती सेवामा प्रवेश गरी सेवा गरेका सदा नेपाल सरकारका निवृत्त कर्मचारी हुन् । मधेशमा मुसहरहरुको अधिकारका लागि वकालत गर्ने सदा राष्ट्रिय मुसहर संघको अध्यक्षसमेत थिए । उनले राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेका छन् ।

प्रकाशित : जेष्ठ १७, २०८० १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?