'स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार'बाट ६ जना पुरस्कृत 

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोष सचिवालयले ६ जनालाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार'बाट पुरस्कृत गरेको छ । 

'स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार'बाट ६ जना पुरस्कृत 

विश्व धूमपानरहित दिवसको अवसरमा बुधबार आयोजना गरिएको एक कार्यक्रममा सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै व्यक्ति तथा संस्था पुरस्कृत भएका हुन् ।

व्यक्तितर्फ राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा भक्तबहादुर केसी, प्राडा रीता थापा र पत्रकार पदमराज जोशी पुरस्कृत भएका छन् ।

त्यसैगरी संस्थातर्फबाट एक्सन नेपाल र नेपाल विकास अनुसन्धान प्रतिष्ठानलाई पुरस्कृत गरिएको छ । सरकारी निकायतर्फ विराटनगर महानगरपालिका पुरस्कृत भएको छ ।

प्रत्येकलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ५० हजार रुपैयाँ र कदरपत्रबाट सम्मान गरेका थिए ।

प्रकाशित : जेष्ठ १७, २०८० १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कार रकम घोषणा गरेर दिन ढिलसुस्ती गर्ने सरकारी नियतलाई के भन्नुहुन्छ ?