अब नागरिकता समस्या समाधान होस् : उपेन्द्र यादव

अवधेश झा

राजाविराज — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नागरिकता समस्या समाधान हुनेमा विश्वास व्यक्त गरेका छन् ।

अब नागरिकता समस्या समाधान होस् : उपेन्द्र यादव

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि धन्यवाद दिँदै अध्यक्ष यादवले अब नागरिकता समस्यासमेत समाधान हुनेमा विश्वास व्यक्त गरेका हुन् ।

नागरिकता विध्येक प्रमाणीकरणको खबर सार्वजनिक भएपछि सप्तरीको राजविराजमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यादवले आफ्नो आमा-बा नेपाली नागरिक हुने तर सन्तान अनागरिक हुने अवस्था खेदपूर्ण भएको बताएका हुन् ।

'नागरिकता विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपतिजीलाई धन्यवाद‚' जसपा अध्यक्ष यादवले भने‚ 'आशा गरौं अब नागरिकता समस्या समाधान होस् ।

माता-पिता नेपाली नागरिक हुने अनि सन्तान अनागरिक हुने कस्तो देश हाम्रो‚' अध्यक्ष यादवले भने । लामो संघर्षपछि यो नागरिकता विधेयक प्रमाणीकरण भएको छ ।

प्रकाशित : जेष्ठ १७, २०८० ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?