प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई दिए भारत भ्रमणको जानकारी

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबारबाट हुन लागेको भारत भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् । उर्जा क्षेत्र सिंचाई, डुबान नियन्त्रण, हवाई, एकीकृत जाँच चौकी लगायत पूर्वाधार निर्माणमा जोड दिइने उनले बताएका छन् ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभालाई दिए भारत भ्रमणको जानकारी

चार दिने भ्रमणमा नेपालका जलविद्युत निर्यातका लागि आधार सुरक्षित गर्नेबारे कुरा हुने उनले जानकारी दिए ।

नयाँ पारवहन सम्झौता हुने पनि उनले जानकारी दिए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेट हुने पनि जानकारी दिए । चार दिने भ्रमणमा उनी मध्यप्रदेश इन्दोरमा फोहोरमैला व्यवस्थापनबारे अवलोकन गर्नेछन् । उनले उज्जैन पनि जाने जानकारी दिए ।

प्रकाशित : जेष्ठ १५, २०८० २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?