१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बजेटमार्फत अर्थतन्त्र सुधारको प्रयास भयो : कांग्रेस सांसद जबरा 

काठमाडौँ — आगामी आर्थिक वर्षको बजेटले अर्थतन्त्र सुधारको प्रयास गरेको कांग्रेस सांसद उदयशमशेर जबराले बताएका छन् । अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा सोमबार बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसद जबराले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । 

बजेटमार्फत अर्थतन्त्र सुधारको प्रयास भयो : कांग्रेस सांसद जबरा 

बजेट कार्यान्वयनको पक्षलाई बढी जोड दिनुपर्ने सांसद जबराको भनाइ थियो । बजेट आफैमा नराम्रा नभएपनि नेपालमा कार्यान्वयनको पक्ष कमजोर हुने गरेको उनको भनाइ थियो ।

'बजेटमा अर्थतन्त्र सुधारका प्रयास भएका छन् । कतिपय सुधारका पक्ष पनि छन्,' उनले भने, 'बजेटले वितरणमुखी कार्यक्रम घटाएको छ । धेरै नयाँ कुरा आएका छैनन् । मुख्य कुरा कार्यान्वयनको हो । आर्थिक अनुशासन कायम गर्नुपर्छ ।'

संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा ५-५ करोड विनियोजन गर्ने योजनाले अधुरा योजना पूरा हुने जबराको भनाइ थियो । उनले भने, 'सांसद विकास कोषको बजेट सबै पूर्वाधारमा खर्च गर्नुपर्ने भनेको छ । सानो योजनामा बजेट राख्न सकिन्न । पाँच करोडमा बढीमा पाँच योजना राख्न पाउने भनेको छ । वितरणमुखी योजना सांसदले राख्ने भएकाले न्यूनतम एक करोडको योजना राखर्नुपर्ने व्यवस्था छ ।'

निर्वाचन क्षेत्रमा सडकलगायतका योजना अधुरो र पुनर्निर्माण हुन नसकेर अलपत्र रहेको अवस्थामा यो योजनाले सहयोग मिल्ने सांसद जबराको भनाइ थियो । स्थानीय तहमा बजेट अभावले गर्दा मर्मत गर्न नसकेको उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १५, २०८० १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?