२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

आर्थिक संकट सम्बोधन गर्ने बजेट आएको छ : राप्रपा प्रमुख सचेतक शाही

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सरकारको आगामी आर्थिक वर्षको बजेट वर्तमान आर्थिक संकट सम्बोधन गर्ने गरी आएको भन्दै कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । 

आर्थिक संकट सम्बोधन गर्ने बजेट आएको छ : राप्रपा प्रमुख सचेतक शाही

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै राप्रपाका प्रमुख सचेतक शाहीले भने, 'बजेट त्यति नराम्रो छैन । यसलाई कार्यान्वयन गर्ने पक्ष मुख्य हुन् ।'

मुलुकको आर्थिक संकट समाधान गर्ने लक्ष्य लिएको भएकाले प्रतिपक्षमा भए पनि राप्रपाले राम्रै रूपमा बजेटलाई हेरेको शाहीको भनाइ थियो । 'आर्थिक संकटलाई सम्बोधन हुने गरी आएको छ । बजेटका सबल र सक्षम पाटो छन्,' उनले भने ।

सांसद विकास कोषको दुरुपयोग हुने विषयलाई कडाइपूर्वक ध्यान दिनुपर्ने शाहीको भनाइ थियो । उनले सांसद विकास कोषको लेखापरीक्षणमा ध्यान दिनुपर्ने र अनियमितता भए मुद्दा लाग्ने कानुनी व्यवस्था गर्नुपर्ने बताए । स्थानीय र प्रदेश सरकार भएको अवस्थामा सांसद विकास कोष आवश्यक नभए पनि ल्याइसकेपछि एक सांसदले विरोध गर्नुको औचित्य नहुने उनको भनाइ थियो ।

प्रकाशित : जेष्ठ १५, २०८० १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी स्थापनाकालदेखि निरन्तर अध्यक्ष रहेका जसपा नेपालका उपेन्द्र यादव महाधिवेशनबाट फेरि आफैं नेतृत्वमा आएका छन् । पटक-पटक एउटै व्यक्ति नेतृत्वमा रहिरहनुलाई के भन्नुहुन्छ ?