२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

डिजिटल नेपाल फ्रेमवर्क अवधारणा परिमार्जन गरिने

काठमाडौँ — आगामी आर्थिक वर्ष २०८०/८१ भित्र सम्पन्न गरिसक्ने भनेर पाँच वर्षअघि स्वीकृत गरिएको डिजिटल नेपाल फ्रेमवर्क अवधारणाले गति लिन नसकेपछि सरकारले अब फ्रेमवर्क परिमार्जन गर्ने भएको छ ।

डिजिटल नेपाल फ्रेमवर्क अवधारणा परिमार्जन गरिने

२०७६ कात्तिक ५ बाट कार्यान्वयनमा आएको सो अवधारणालाई समसामयिक परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गरिने अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । सोमबार बजेट वक्तव्यका क्रममा अर्थमन्त्री महतले भने, 'डिजिटल साक्षरता बढाइ नागरिक एपको प्रयोग र पहुँच विस्तार गरिनेछ ।'

देशको आर्थिक रुपान्तरण र समृद्धिका लागि महत्त्वपूर्ण अवधारणाका रुपमा अघि सारिएको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि १ खर्ब ७ अर्ब ५० करोड बजेट अनुमान गरिएको थियो । योजनाको डिजिटल फाउन्डेसनअन्तर्गतका क्रियाकलापमा केही प्रगति देखिए पनि कृषि, स्वास्थ्य, शैक्षिक क्षेत्र, ऊर्जा, पर्यटन र वित्तीय क्षेत्रअन्तर्गतका क्रियाकलापहरूमा अपेक्षित उपलब्धि हुन सकेको छैन ।

प्रकाशित : जेष्ठ १५, २०८० १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?