त्रिवि सेवा आयोगमा पदाधिकारी नियुक्ति गर्न माग

काठमाडौँ — एमाले निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्ति गर्न माग गरेको छ ।आयोगका सदस्य हेमराम ढकाललाई आईतबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले सेवाहरु चुस्तदुरुस्त बनाउन माग गरेको हो । त्रिवि सेवा आयोग १० महिनादेखि अध्यक्षबिहिन छ ।

त्रिवि सेवा आयोगमा पदाधिकारी नियुक्ति गर्न माग

प्राध्यापक, कर्मचारीको नियुक्ति, बढुवा लगायतका काम ठप्प छन् । ‘सेवा आयोगबाट सञ्चालन हुने नियमित काम कारबाही बन्द रहँदा त्रिवि भित्र आवश्यक मात्रामा प्राध्यापकको परीक्षा तथा कर्मचारी नियुक्तिमा देखिएको ढिलासुस्तीले समग्र विश्वविद्यालयको शैक्षिक एंव प्रशासनिक गतिविधिमा समेत असर पुगेको छ,’ ज्ञापनपत्रमा भनिएको छ । प्रधानमन्त्री तथा कुलपतिले सेवा आयोग अध्यक्ष नियुक्ति गर्ने व्यवस्था छ ।

त्यस्तै त्रिवि सेवा आयोगले प्रयोग गर्दै आएको भवन १ महिना भित्र खाली गराउन अनेरास्ववियुले माग राखेको छ । कार्यकारी परिषद्ले ८ वर्षअघि छात्रावास भवन सेवा आयोगको कार्यालय राख्ने दिएको थियो । उसको आफ्नै भवन छैन । छात्राबास भवन छात्राहरुले नै प्रयोग गर्न पाउनु पर्ने अनेरास्ववियूका त्रिवि संयोजक समिरराज बिष्टले बताए । ज्ञापनपत्रको बोधार्थ उपकुलपति, रजिष्ट्रार र प्रिन्सिपल कार्यालयमा पनि दिइएको उनले जनाए ।

प्रकाशित : जेष्ठ १४, २०८० १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?