१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सांसदले बोलेकै विषयलाई लिएर संसद् अवरुद्ध गर्नु विधिसम्मत होइन : आङ्देम्बे 

लक्ष्मी गौतम

पाँचथर — नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले नक्कली शरणार्थी र भ्रष्टाचार प्रकरणको छानबिनमा अन्य दलहरुले असहयोग गरेको टिप्पणी गरेका छन् ।

सांसदले बोलेकै विषयलाई लिएर संसद् अवरुद्ध गर्नु विधिसम्मत होइन : आङ्देम्बे 

पाँचथरको फिदिममा शनिबार नेपाल प्रेस युनियन जिल्ला शाखा पाँचथरले आयोजना गरेको कार्यक्रममा आङ्देम्बेले नक्कली शरणार्थी र भ्रष्टाचार प्रकरण छानबिन गर्न सरकारले तदारुकता देखाइरहेका बेला आफूलाई भ्रष्टाचार विरोधीका रुपमा परिभाषित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले समेत समर्थन फिर्ता लिएको बताएका हुन् । भ्रष्टाचार र नेपालीलाई शरणार्थी बनाएर बिक्री गर्ने गिरोहमा संलग्न जोकोही भए पनि छुट दिन नहुने उनको तर्क थियो ।

आङ्देम्बेले संसद् छलफल र कानुन निर्माण गर्ने थलो भएकाले संसद्मा कुनै सांसदले बोलेकै विषयलाई लिएर अवरुद्ध गर्नु पनि विधिसम्मत नभएको टिप्पणी गरे । संसद् अवरुद्ध गर्दा विधि र प्रक्रिया ओझेलमा पर्ने भएकाले सबै दलका शीर्ष नेता र संसदीय समिति गम्भीर बन्नुपर्ने धारणा पनि उनले व्यक्त गरे ।

फरक प्रसंगमा बोल्दै आङ्देम्बेले नामकरणपश्चात् अशान्त बनेको कोशी प्रदेशका समस्या समाधान राजनैतिक रुपमा नै गर्नुपर्ने पनि दोहोर्‍याए ।

प्रकाशित : जेष्ठ १३, २०८० १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?