कांग्रेसमा केन्द्रीय सदस्यले नै बोल्ने ठाउँ छैन : शिवाकोटी

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टी सधैँ विधानविपरीत चल्न नसक्ने बताएका छन् । उनले पार्टीमा केन्द्रीय कार्यसमितिका सदस्यहरुले बोल्ने ठाउँसमेत नपाएको गुनासो गरे । शनिबार नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवस समारोहमा उनले  कांग्रेसले फाली निस्केको हलो जस्तो भएको बताए । 

कांग्रेसमा केन्द्रीय सदस्यले नै बोल्ने ठाउँ छैन : शिवाकोटी

उनले पार्टी नेतृत्वले विधानको पालना नगर्दा यो अवस्था आएको बताए ।

'हिजो महाधिवेशनबाट देशभर उत्साह लिएर आएका साथीहरु हुनुहुन्थ्यो । हामीमा पनि उत्साह थियो । तर कांग्रेस फाली निस्केको हलो जस्तो भएको छ,' उनले अघि भने, 'तर अहिले पार्टीमा कुनै उत्साह बाँकी छैन । नौ महिनादेखि केन्द्रीय समितिको बैठकसमेत बसेको छैन । पदाधिकारी र पूर्वपदाधिकारीको नाममा पार्टीका सबै निर्णयहरु हुँदै आएका छन् । यो विधानविपरीत हो । पार्टीमा केन्द्रीय सदस्यहरुले नै बोल्ने ठाउँ नपाएको अवस्था छ ।'

उनले कांग्रेसको यही अवस्था रहे आगामी चुनाव कांग्रेसका लागि फलामको चिउरासरह हुने बताए ।

प्रकाशित : जेष्ठ १३, २०८० १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?