जनमत पार्टीले सांसद सिंह र मुर्मूलाई फिर्ता बोलाउने

काठमाडौँ — जनमत पार्टीले सांसद विनिताकुमारी सिंह र सोनु मुर्मूलाई फिर्ता बोलाउने भएको छ । केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले प्रतिनिधिसभामा सांसदको भूमिका प्रभावकारी रुपमा निर्वाह नगरेको भन्दै उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टी महासचिव चन्दन सिंहले ईकान्तिपुरलाई जानकारी दिए ।

'पार्टी बैठकले संघीय सांसद विनिताकुमारी सिंह र सोनु मुर्मूलाई कारबाही गर्ने निर्णय गरेको छ । यो निर्णयअनुसार उनीहरुलाई फिर्ता बोलाइन्छ,' उनले भनिन् । सिंह र मुर्मू समानुपातिकतर्फबाट सांसद छन् ।
बैठकले पार्टी विभिन्न समितिहरु विस्तार गर्ने निर्णय पनि गरेको छ । सरकारलाई दिएको समर्थन कायमै रहेको पनि उनले बताइन् ।
प्रकाशित : जेष्ठ १२, २०८० २०:४६