कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'एभरेस्ट-डे' मनाउन माधव नेपाल अस्ट्रेलिया प्रस्थान, पार्टीको कार्यवाहक अध्यक्षमा हमाल

काठमाडौँ — नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अस्ट्रेलिया प्रस्थान गरेका छन् । उनी पार्टीनिकट प्रवासी नेपाली एकता मञ्चले गर्ने कार्यक्रममा सहभागी हुन शुक्रबार अस्ट्रेलिया गएका हुन् ।

'एभरेस्ट-डे' मनाउन माधव नेपाल अस्ट्रेलिया प्रस्थान, पार्टीको कार्यवाहक अध्यक्षमा हमाल

मञ्चले सगरमाथा आरोहणको ७० वर्ष पूरा भएको सन्दर्भमा 'एभरेस्ट डे' कार्यक्रमको आयोजना गरेको छ ।

अध्यक्ष नेपाल भ्रमणका क्रममा पार्टीका विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कार्यक्रम रहेको सो पार्टीका नेताहरुले जनाएका छन् । नेपालले आफू नफर्किउन्जेल उपाध्यक्ष प्रमेश हमाललाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?