एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित

काठमाडौँ — नेकपा एमालेले पशुपतिनाथको मन्दिरमा राखिएको जलहरीको विषयमा सत्ता पक्षका सांसदले लगाएको आरोपलाई लिएर बैठक अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभामा शुक्रबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

एमालेको अवरोधपछि प्रतिनिधिसभाको बैठक २० मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि यो कुरा उठेको थियो । केही ढिलो गरी सुरु भएको सभामा एमालेले सुरुमै यो विषयमा सरकारको जवाफ मागेको थियो ।

जवाफ नआउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।

प्रकाशित : जेष्ठ १२, २०८० १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?