कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूर्वपरराष्ट्र सचिव श्रेष्ठसहित १२ जना सम्मानित

काठमाडौँ — नेपाल परराष्ट्र सेवा दिवसको अवसरमा बुधबार पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठसहित १२ जनालाई सम्मान गरिएको छ ।

पूर्वपरराष्ट्र सचिव श्रेष्ठसहित १२ जना सम्मानित

परराष्ट्र मन्त्रालयले गत वर्षबाट मनाउन थालेको परराष्ट्र सेवा दिवसको अवसरमा यसपटक २०१८ साल जेठ ११ देखि २०२३ सालसम्म सेवाबाट अवकाश पाएका १० जना जना तथा गत वर्ष २०७९ सालमा अवकाश पाएका दुई जनालाई सम्मान गरेको हो ।

यसरी अवकाश पाएका १० जना पुराना परराष्ट्र सेवाका कर्मचारीमा पूर्वपरराष्ट्र सचिव श्रेष्ठसहित पूर्वराजदूत सुन्दरनाथ भट्टराई, नरसिंहमान प्रधान, पुरुषोत्तमलाल श्रेष्ठ, शशीभक्त बम मल्ल, बद्रीप्रसाद खनाल, गोविन्द्रदेव पन्त, रामहरि खड्का, कृष्णकुमार सुवेदी र श्रीकृष्ण गोपाल सालीके छन् ।

यस्तै, गत वर्ष अवकाश पाएर सम्मानित हुनेहरुमा पूर्वराजदूत प्रकाशकुमार सुवेदी र रामसिंह थापा छन् ।

उनीहरुलाई परराष्ट्र मन्त्री एनपी साउद, मुख्यसचिव शंकरदास वैरागी र परराष्ट्र सचिव भरतराज पौड्यालले दोसल्ला ओढाएर सम्मान गरे ।

प्रकाशित : जेष्ठ १०, २०८० २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?