कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रुकुम घटना स्मरण गराउँदै सांसद सीता मिजारको प्रश्न– पीडितले न्याय पाउने कहिले ?

काठमाडौँ — नेपाली कांग्रेसकी सांसद सीता मिजारले तीन वर्षअघि भएको रुकुम पश्चिमको सोती घटनाका पीडितले अहिलेसम्म पनि न्याय नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद मिजारले त्यही घटनाका कारण दलित समुदायले जेठ १० लाई कालो दिनकोरुपमा स्मरण गरिरहेको बताइन् ।

रुकुम घटना स्मरण गराउँदै सांसद सीता मिजारको प्रश्न– पीडितले न्याय पाउने कहिले ?

‘आजको दिनलाई सिङ्गो दलित समुदायले कालो दिनको रूपमा स्मरण गरिरहेको छ, २०७७ साल जेठ १० गते रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा एउटा बीभत्स र जघन्य सामुहिक हत्याकाण्ड भयो । आफुभन्दा कथित ठूलो जातको केटीसँग प्रेम गरेकै कारण जाजरकोटका नवराज वि.क. र उनका अन्य पाँच जना साथीहरूलाई लखेटी–लखेटी हत्या गरियो,’ सांसद मिजारले भनिन्, ‘घटना घटेको तीन वर्ष बित्यो, यति ठूलो जघन्य अपराधको घटनामा समेत पीडित न्याय पाउन सकेका छैनन् । सरकार के हेरेर बसिरहेको छ ?’

उनले त्यस्तै प्रकृतिको घटनामा मारिएका अजित मिजारको मुद्धामा समेत पीडितलाई न्याय नमिलेको स्मरण गराइन् । उनले प्रश्न गर्दै भनिन्, ‘प्रेम गरेकै कारण नवराज विक र अजित मिजार जस्ता युवाहरूले कहिलेसम्म मृत्युवरण गरिरहनुपर्ने हो ?’

उनले जातीय भेदभाव र छुवाछुत प्रथाकै कारण ज्यान गुमाएका नवराज र अजितहरुसहित पीडितलाई त्यस्ता विभेदका घटनामा पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराइन् ।

प्रकाशित : जेष्ठ १०, २०८० १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?