कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम पारित

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले संघीय संसद्‌मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ । 

राष्ट्रिय सभाको मंगलबारको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नीति कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिएका थिए ।

राष्ट्रिय सभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३:१ बजे बस्नेछ ।

प्रकाशित : जेष्ठ ९, २०८० १६:०४
प्रतिक्रिया
पठाउनुहोस्

एमाले अध्यक्ष ओली भन्छन् : नेपालमा छानबिन कसरी हुन्छ, थाहा छ

नक्कली भुटानी शरणार्थी प्रकरणमा करकापमा एमाले नेताहरूको नाम लिए सह्य नहुने ओलीको चेतावनी
कान्तिपुर संवाददाता

काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा कारकापमा पारेर आफ्नो पार्टीका नेताहरूको नाम लिन लगाइएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित भ्रातृ संगठनहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले 'नेपालमा छानबिन कसरी हुन्छ' भन्ने थाहा भएको बताएका छन् । 

'एउटा सञ्जालको प्रयोग र मिडियालाई प्रयोग गरेर विभिन्न कुराहरू बजारमा छरेर यसलाई स्थापित गर्न योजनाबद्ध प्रयास भएर कारकापमा मानिसको नाम उच्चारण गर्न लगाएर एमालेलाई कसैले मुछ्न खोज्छ वा हिलो छ्याप्न खोज्छ भने एमालेलाई सह्य हुँदैन,' ओलीले भने, 'आरोप लगाइदिएपछि पुग्यो । हामीले छानबिन देखेका छौं ? थुप्रै कुरा भोगेर आएका छौं । त्यसै कारण परिवर्तन गर्न लागेका छौं ।'

कार्यक्रममा एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले संलग्न नभएको दाबी गरे । 'नक्कली भुटानी शरणार्थी बनाउने विषयमा एकमुष्ट रूपमा भन्न चाहान्छु एमाले संलग्न थिएन, छैन र हुने छैन । भ्रष्टाचारको विषयमा एमाले संलग्न हुँदैन । यदि कसैले एमालेभित्र रहेर यसको आदर्श, यसको मूल्य मान्यताविपरीत, यसको उद्देश्यलाई आघात पुग्नेगरी यस वा कुनै प्रकारको अनुचित अनौतिक वा भ्रष्ट क्रियाकलाप गर्छ भने एमाले त्यस्तालाई कारबाही गर्न आफै अग्रसर हुन्छ र अघि बढ्छ । हामीलाई भ्रष्टाचार प्यारो हुन सक्दैन,' ओलीले भने 'भ्रष्टाचार देश, जनता, विकास, समाज र नैतिकता समाप्त पार्ने कुरा हो । भ्रष्टाचारले श्वास फेरे पनि मृत भइसकेको हुन्छ । आत्मा मरेको हुन्छ आत्मा मरेका बेइमानहरूको पार्टी होइन । त्यसकारण कुनै कुनै पनि कहीँ कतै दोषी हुन्छ साथ सहयोग दिन मात्रै होइन आफैं अग्रसर भएर पनि कारबाही गर्छ ।'

ओलीले देश राजनीतिक अफ्ठ्यारो अवस्थामा रहेको बताए । सामाजिक र आर्थिक रूपमा संकटमा रहेको भन्दै कार्यकर्ताहरुलाई सचेत रहन आग्रह गरे । 'सरकार चलाउने खर्च पैसा छैन । बजेट कसरी ल्याउने रहेछ ? सरकार चलाउने सेवा दिने काम हुन्छ । सरकार चलाउने अवस्थामा छैन । कर्मचारीले तनखा नपाउने अवस्था के गर्छ ? भोकै बसेर काम गर्छ ? यसमा सिंगै देश चनाखो हुनुपपर्ने अवस्थामा छ,' उनले भने ।

सार्वजनिक संवादमा भाषाको स्तर खस्केको भन्दै ओलीले असन्तुष्टि जनाए । 'भाषा अन्तत: अशिष्ट, अमर्यादित, अभद्र र असामाजिक स्वीकार भाषा प्रयोग गरेर तब मात्रै आफ्नो कुरा सम्प्रेषण हुनसक्छ । गर्नै नसक्ने भएको छ । त्यस्तो घटिया र नराम्रो भाषा प्रयोग गरेर तल्लोस्तरको भाषा प्रयोग गरेर मात्रै आफ्नो कुरा सम्प्रेषण हुनसक्ने अब अश्लील बोलिन्छ वा कसैको अपमान गरिन्छ जबको कसैको विरुद्ध मर्यादाहीन ढंगले बोलिन्छ वा समाजिक मूल्य र मान्यताविरुद्ध गएर बोलिन्छ,' ओलीले भने 'हाम्रो सामाजिक प्रचलनहरु, भाषिक गहनताहरूलाई, महानतालाई क्षत विक्षत गर्ने तहमा बोलिन्छ । समाजले मूल्य मान्यता र संस्कृतिलाई कमजोर पार्दैछ।'

प्रकाशित : जेष्ठ ९, २०८० १५:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×