कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मधेश प्रदेश सरकारबाट माओवादी बाहिरियो

अजित तिवारी

जनकपुर — मधेश प्रदेश सरकारबाट माओवादी(केन्द्र) बाहिरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धनमा भएको सहमतिअनुसार नचलेको भन्दै माओवादी(केन्द्र)ले मधेश प्रदेश सरकारबाट आफ्ना एक मन्त्री र एक राज्यमन्त्रीलाई मंगलबार फिर्ता बोलाएको हो । 

मधेश प्रदेश सरकारबाट माओवादी बाहिरियो

गत साता काठमाडौंमा गठबन्धन दलका शीर्ष नेता र मधेशका सत्तासीन दलका संसदीय दलका नेताहरुको उपस्थितिमा भएको छलफलमा मधेस प्रदेशमा आलोपालो मुख्यमन्त्री, सत्तासाझेदारी र सत्ता दलको भावनाअनुसार मन्त्री नियुक्त गर्नुपर्ने सहमति भएको थियो ।

माओवादीका मधेश प्रदेशका एक सांसदका अनुसार मुख्यमन्त्री यादवले गठबन्धनमा भएको सहमतिलाई नटेकेर आफूखुसी मन्त्रीमण्डल पुनर्गठन गरेपछि पार्टी सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्री यादवले मंगलबार मात्र कांग्रेसबाट २ जना मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री यादवले मंगलबार कांग्रेस, नेकपा (एस)का मन्त्रीलाई शपथ गराउने तयारी गरेपछि सत्ता गठबन्धनमा रहेका माओवादी, जनमत र लोसपा बिच्किएका छन् । यी तीनवटै दलको अहिले संयुक्त बैठक चलिरहेको छ ।

सरकारबाट बाहिरिने र मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिने विषयमा बैठकमा छलफल भइरहेको एक सांसदले बताए । माओवादी(केन्द्र) सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादव सकसमा परेका छन् । नवनियुक्त मन्त्रीहरूको शपथमा पनि यही कारणले ढिलाइ भइरहेको छ ।

प्रकाशित : जेष्ठ ९, २०८० १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?