कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मुटुरोग तथा क्यान्सर निदान गर्न सबै प्रदेशमा 'सुपर स्पेसियालिटी' अस्पताल बनाइने

काठमाडौँ — सरकारले प्रादेशिक स्तरको अस्पतालमा मुटुरोग तथा क्यान्सर रोगको निदान गर्न 'सुपर स्पेसियालिटी' अस्पताल बनाउने घोषणा गरेको छ ।

मुटुरोग तथा क्यान्सर निदान गर्न सबै प्रदेशमा 'सुपर स्पेसियालिटी' अस्पताल बनाइने

शुक्रबार आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रादेशिक स्तरको अस्पतालमा मुटुरोग तथा क्यान्सर रोगको निदान गर्न सुपर स्पेसियालिटी अस्पताल बनाइने बताएका छन् ।

‘प्रदेश स्तरको कम्तीमा एउटा अस्पतालमा मुटुरोगको शल्यक्रिया तथा क्यान्सर रोगको निदान हुनसक्ने गरी सुपर स्पेसियालिटी अस्पताल बनाइने छ,’ राष्ट्रपति पदडेलले संसद्‍मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने ।

उनले यसका लागि आवश्यक पूर्वाधार, जनशक्ति तथा उपकरणको व्यवस्था गर्ने पनि बताएका थिए । त्यसैगरी सरकारले संक्रामक रोगविरुद्ध अभियान तथा नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०८० १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?