काठमाडौँ — सरकारले जग्गाको खरिद-बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यथार्थपरक बनाउने घोषणा गरेको छ । शुक्रबार आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जग्गाको कारोबार पारदर्शी बनाइने बताएका हुन् ।
सरकारले भौगोलिक सूचना प्रणालीमा आधारित जैविक जग्गा मूल्यांकन पद्धतिको विकास गरी जग्गाको खरिद-बिक्रीमा हुने मूल्यलाई पारदर्शी र यर्थाथपरक बनाइने जनाएको छ । लिजमा उपलब्ध गराइएका जग्गा उद्धेश्यअनुरुप भए/नभएको कडाइका साथ अनुगमन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।