१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

महावीर पुनसँगको सम्झौता नीति तथा कार्यक्रममा समेटियो,नवप्रवर्तन आविष्कार कोष स्थापना गरिने

काठमाडौँ — सरकारले नवप्रवर्तन, अनुसन्धान, आविष्कार र विज्ञान शिक्षाको विस्तारलाई प्रोत्साहन गर्न नवप्रवर्तन आविष्कार कोष स्थापना गर्ने घोषणा गरेको छ ।

महावीर पुनसँगको सम्झौता नीति तथा कार्यक्रममा समेटियो,नवप्रवर्तन आविष्कार कोष स्थापना गरिने

आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । संसद्को यसै अधिवेशनमा नवप्रवर्तन, अनुसन्धान र आविष्कारसम्बन्धी कोष सञ्चालन गरिने विषय पेस गरिनेसमेत सरकारले जनाएको छ ।

गत वैशाख १८ गते सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच ७ बुँदे सहमति गर्दै नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कोष स्थापना गर्ने बताएको थियो ।

सहमतिको पहिलो बुँदामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरू एकीकृत रूपमा सञ्चालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरूमा लगानी गर्ने उल्लेख छ ।

प्रकाशित : जेष्ठ ५, २०८० १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?