३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सिँचाइका लागि साना किसानलाई नि:शुल्क वाटरपम्प तथा ट्युबवेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले साना किसानहरूलाई सिँचाइका लागि नि:शुल्क वाटर पम्प तथा ट्युबवेल वितरण गरिने बताएका छन । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति पौडेलले तराईमा तत्काल सिँचाइ नपुग्ने सुख्खा ठाउँमा वर्षातको पानी जम्मा गरी सुख्खायाममा प्रयोग गर्न नमुना आयोजनाको अध्ययन गरिने समेत बताए ।

सिँचाइका लागि साना किसानलाई नि:शुल्क वाटरपम्प तथा ट्युबवेल

त्यस्तै, भौगोगिक अवस्था र पानीको स्रोतको आधारमा उपयुक्त सिँचाइ प्रविधिमार्फत वर्षभरि सिँचाइ सुविधा उपलब्ध गराइने उनले बताए । ‘सिँचाइ गुरुयोजना अद्यावधिक गरी ठूला आयोजना कार्यान्वयनसमेत गरिने छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ ५, २०८० १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?