कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू सरकारको प्राथमिकतामा छन् : प्रधानमन्त्री दाहाल

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा भएको प्रश्नोत्तर श्रृंखलामा एमाले सांसद पदम गिरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

रोजगारी सिर्जना गर्ने कार्यक्रमहरू सरकारको प्राथमिकतामा छन् : प्रधानमन्त्री दाहाल

‘०७२ को महाभूकम्प, कोभिड–१९ को प्रभाव, अन्तर्राष्ट्रिय आर्थिक मन्दीलगायत कारणले देशको अर्थतन्त्र कमजोर बनेको हामी सबैलाई थाहै छ । घट्दो दरमा राजस्व परिचालन भएको र पुँजीगत खर्चमा अपेक्षित सुधार हुन नसकेको अवस्था छ,’ प्रधानमन्त्री दाहालले भने, ‘अर्थतन्त्रका यस्ता चुनौतीहरूलाई सम्बोधन गर्न वित्तीय, मौद्रिक तथा क्षेत्रगत नीति तथा कार्यक्रमहरूमा आवश्यक सुधार गरी समष्टिगत आर्थिक स्थायित्व कायम सरकार प्रयत्नशील छ । सरकारले विदेशी लगानीलाई प्राथमिकता दिँदै सरकार र निजी क्षेत्रको साझेदारीमा उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी रोजगारी सिर्जना गर्ने कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ ।’

उनले सरकारले सरकारी खर्चमा मितव्ययिता कायम गरी फजुल खर्चको नियन्त्रण गर्ने प्रयास भइरहेको बताए । ‘सरकारले राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाउँदै राजस्वको दायरा विस्तार गर्ने र राजस्व चुहावट राष्ट्रिय पुँजी पलायन अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गर्ने नीति सरकारले लिएको छ । सरकारका यी नीतिहरूको सकारात्मक प्रभावका संकेतहरू आएकै छन्,’ प्रधानमन्त्री दाहालले भने ।

त्यस्तै, वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरी खर्चको आवश्यकता र राजस्व क्षमताको आधारमा वित्तीय हस्तान्तरणको कार्यक्रमलाई सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । ‘प्रदेश र स्थानीय सरकारको राजस्वको क्षमता वृद्धि गर्ने र करको दायरा वृद्धि गरी सक्षम र आत्मनिर्भर बनाउने कार्यक्रमहरू सरकारले समेटेको छ,’ गिरीको प्रश्नमा प्रधानमन्त्री दाहालले भने ।

प्रकाशित : जेष्ठ ४, २०८० १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?