कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

जुनसुकै सरकार आए पनि विद्युतीय सवारीमा एउटै नीति हुनुपर्छ : शशि बस्नेत

काठमाडौँ — सार्वभौम सम्पन्न नेपाली जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई कुण्ठित गरेर सरकारले विद्युतीय सवारीमा कर लगाउन नपाउने अधिवक्ता शशि बस्नेतले बताएकी छन् । विद्युतीय सवारीमा कर लगाउँदा स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकार कुण्ठित हुने उनको भनाइ छ ।

जुनसुकै सरकार आए पनि विद्युतीय सवारीमा एउटै नीति हुनुपर्छ : शशि बस्नेत

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ईभी डायलगको पहिलो सत्र 'विज्ञले सुझाउने, उपभोक्तालाई बुझाउने' कार्यक्रममा बोल्दै उनले सरकारको नीति पनि स्थिर हुनुपर्नेमा जोड दिइन् । सरकारमा आउने सीमित व्यक्तिको सोचका आधारमा नीति आउने गरेको बस्नेतको भनाइ छ । 'नीति तथा नियम एउटा सिद्धान्तमा बसेर बनाउनुपर्नेमा सरकारको नजिक रहेकाहरुबाट आउने सुझाव र सोचका आधारमा आउने नीतिले जनता मारमा परिरहेका छौं' उनले भनिन् ।

सर्वोच्च अदालतबाट फैसलामाथि फैसला हुँदै जाने तर त्यसको कार्यान्वयन नहुने अवस्था रहेको बस्नेतले बताइन् । २०४७ सालदेखि वातावरणसम्बन्धी विषयमा भएका फैसला सरकारबाट परिपालना नभएको उनको भनाइ छ । 'सार्वजनिक सरोकारको विषयलाई पनि सम्बोधन हुने गरी कार्ययोजना बनाउनुपर्ने, ६ महिनाभित्र अध्ययन प्रतिवेदन बनाएर त्यसको कार्यान्वयन गर्नुपर्ने हो,' उनले भनिन, 'फैसलामा परमादेश आदेश भएको अवस्था पनि छ । सरकारले कथनी र करणीमा फरक फरक व्यवहार गरिरहेको छ ।' सरकारलाई फरक व्यवहार गर्ने अधिकार नभएको उनले बताइन् ।

प्रकाशित : जेष्ठ १, २०८० १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?