२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नीतिगत अस्थिरताका कारण व्यवसायी लगानी गर्न डराइरहेका छन् : यमुना श्रेष्ठ

काठमाडौँ — साइमेक्स इन्ककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले विद्युतीय सवारीका लागि अहिले आवश्यक पूर्वाधारको अभाव रहेको बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित कान्तिपुर ईभी डायलगको दोस्रो सत्र 'विद्युतीय सवारीको गति बढाउने नीति र पूर्वाधार' विषयक कार्यक्रममा बोल्दै उनले विद्युतीय सवारीका हकमा चार्जिङ स्टेसन, दक्ष जनशक्ति, सर्भिस सेन्टरहरु नरहेको बताइन् ।

नीतिगत अस्थिरताका कारण व्यवसायी लगानी गर्न डराइरहेका छन् : यमुना श्रेष्ठ

सरकारले ती पूर्वाधारको विकास गर्न नसकेको र अहिले निजी क्षेत्रले नै जोड दिइरहेको उनको भनाइ छ । अहिले पनि विद्युतीय सवारीको मर्मतमा लागि विदेशबाट जनशक्ति ल्याउनुपर्ने अवस्था रहेको श्रेष्ठले बताइन् । त्यस्तै नीतिगत स्थिरता पनि नरहेको उनको भनाइ छ । 'एउटा सरकारले बजेट ल्याउँदा विद्युतीय गाडीको कर बढ्ने, अर्को आउँदा फेरि घट्ने अवस्था छ' उनले भनिन् 'यो अस्थिरतामा व्यवसायीले लगानी गर्न डराइरहेको अवस्था छ ।'

विद्युतीय सवारीमा प्रोत्साहन गरिएको भनिए पनि लामो समय भन्सारमा गाडीहरू रोकिएको अवस्था रहेको उनको भनाइ छ । विद्युतीय सवारीको सवाल वातावरणको विषयसँग पनि जोडिएकाले वातावरण प्रदुषण घटाउनका लागि विद्युतीय सवारीको प्रयोग बढाउनु सरकारको दायित्व हुने उनले बताइन् । अस्थिर नीतिका कारण पनि विद्युतीय गाडी फेरि महँगो बनाइन सक्ने उनले आशंका गरिन् । पेट्रोलियम पदार्थमा ठूलो रकम बाहिरिने गरेको अवस्थामा विद्युतीय गाडी बढाउन सके ठूलो रकम जोगिने उनको भनाइ छ ।


प्रकाशित : जेष्ठ १, २०८० १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?