सरकारले अब आवश्यकताबिना ठूला-ठूला भवन बनाउँदैन : अर्थमन्त्री महत

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले सरकारले नभई नहुने अवस्थामा बाहेक खर्च कटौती गर्ने बताएका छन् ।

सरकारले अब आवश्यकताबिना ठूला-ठूला भवन बनाउँदैन : अर्थमन्त्री महत

सोमबार कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको 'कान्तिपुर ईभी डायलग' को दोस्रो सत्र ‘विद्युतीय सवारीको गति बढाउने नीति र पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले सरकारले अब गाडी खरिद कटौती गर्ने बताएका हुन् ।

अर्थमन्त्री महतले अब सरकारले आवश्यकताबिना गाडी नकिन्ने, ठूला-ठूला भवन नबनाउने बताएका हुन्। उनले भने, 'अब सरकारले नभई नहुने अवस्थामा बाहेक गाडी किन्दैन, विशाल संरचना बनाउँदैन ।' त्यस्तै नेपालमा विद्युतीय गाडीको प्रचलन भर्खरै बढ्न थालेकाले सरकारले पनि अब किन्नुपर्दा विद्युतीय गाडी नै किन्ने अर्थमन्त्री महतले बताए ।

प्रकाशित : जेष्ठ १, २०८० १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?