विद्युतीय सवारी प्रोत्साहनका विषयमा सरकार स्पष्ट छ : अर्थमन्त्री महत

काठमाडौँ — विद्युतीय सवारीका विषयमा सरकारको धारणा स्पष्ट रहेको अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् । आगामी आर्थिक वर्षको बजेट वक्तव्य निर्माणको तयारीमा जुटिरहेको बेला अर्थमन्त्री महतले यस्तो बताएका हुन् । 

विद्युतीय सवारी प्रोत्साहनका विषयमा सरकार स्पष्ट छ : अर्थमन्त्री महत

कान्तिपुर मिडिया ग्रुपले सोमबार आयोजना गरेको ‘कान्तिपुर ईभी डायलग-२०२३’ अन्तर्गतको दोस्रो सत्र ‘विद्युतीय सवारीको गति बढाउने नीति र पूर्वाधार’ विषयक अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले विद्युतीय सवारीको उपयोग बढाउने सम्बन्धमा सरकार सरकार अलमलमा नरहेको उनले बताए ।

‘सरकार अलमलमा छैन । तर, अप्ठेरा छन् । स्रोतको सीमितता छ । यसकारण तत्कालै प्रतिफल प्राप्त गर्न सकिएको छैन,’ उनले भने, ‘यद्यपि उपलब्ध स्रोत र साधन अधिकतम उपयोग गर्ने काम भइरहेको छ ।’

सरकारको धारणा राजस्व संकलन गर्ने मात्र नभएको उनले बताए । राजस्व संकलन गर्ने काममा कागती निचोरेजस्तो गरी कर नउठाउने उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : जेष्ठ १, २०८० १६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?