२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विद्युतीय सवारीमा थप सुविधा दिनेबारे सरकारले छलफल गरिरहेको छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ — नेपालमा विद्युतीय सवारीमा थप सुविधा दिनेबारे सरकारले छलफल गरिरहेको ऊर्जामन्त्री शक्ति बस्नेतले बताएका छन् । अहिले पनि अन्य सवारीको तुलनामा विद्युतीय सवारीमा नागरिकले सुविधा पाइरहे पनि थप सुविधाबारे छलफल भइरहेको उनले बताएका हुन् ।  

विद्युतीय सवारीमा थप सुविधा दिनेबारे सरकारले छलफल गरिरहेको छ : ऊर्जामन्त्री बस्नेत

कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर ईभी डायलग २०२३’ अन्तर्गतको पहिलो सत्र ‘विज्ञले सुझाउने, उपभोक्ताले बुझाउने’ विषयक अन्तरक्रिया कार्यक्रममा ऊर्जामन्त्री बस्नेतले विद्युतीय सवारीको उपयोग बढाउने सम्बन्धमा राज्यले दिनु पर्ने सेवा सुविधाबारे सरकार अलमलमा नरहेको उनले बताए ।

विद्युतीय सवारी उपयोगबारे व्यापक रूपमा जनचेतना फैलाउन आवश्यक रहेको पनि उनले बताए । ‘विद्युतीय सवारी सम्बन्धमा नागरिकका धेरै जिज्ञाशा छन् । पूर्वाधार छैन, लामो यात्राका लागि असहज, परिवर्तनशील सरकारी नीति लगायत विषयमा नागरिकमा अन्योल देखिएको छ,’ उनले भने, ‘यी विषयहरुमा सरकार र सरोकारवाला सबै मिलेर जनचेतना फैलाउन जरुरी छ ।’

यद्यपि विगतको तुलनामा हाल सडकमा विद्युतीय सवारीको संख्यासँगै पूर्वाधारहरू पनि बढेको उनले बताए । ‘नेपाल विद्युत् प्राधिकरणले पनि ५१ वटा चार्जिङ स्टेसन बनाउँदै छ । त्यसमध्ये ४१ वटा सञ्चालनमा आइसकेको छ,’ उनले भने, ‘ निजी क्षेत्रले पनि धमाधम स्टेसनहरू निर्माण गरिरहेका छन् । यो निकै सकारात्मक पक्ष हो ।’ नेपालमा विद्युतीय सवारीको प्रयोगका लागि नागरिकलाई प्रोत्साहन गर्नका लागि विभिन्न कार्यक्रम ल्याउने तयारी सरकारले गरिरहेको पनि उनले बताए ।

प्रकाशित : जेष्ठ १, २०८० १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?