२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

विद्युतीय सवारी सञ्चालनबारे स्पष्ट नीतिगत व्यवस्था हुनुपर्छ : प्रधान सम्पादक शर्मा

काठमाडौँ — कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले विद्युतीय सवारी सञ्चालनमा नीतिगत रूपमै सम्बोधन हुनुपर्ने बताएका छन् ।

विद्युतीय सवारी सञ्चालनबारे स्पष्ट नीतिगत व्यवस्था हुनुपर्छ : प्रधान सम्पादक शर्मा

सोमबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित 'कान्तिपुर ईभी डायलग' मा स्वागत मन्तव्य व्यक्त गर्दै प्रधान सम्पादक शर्माले विद्युतीय सवारीका सन्दर्भमा नागरिक र नीतिगत तहमा अलमल देखिएको बताएका हुन् ।

अझै पनि नागरिक तहमा केही अलमल रहेको उल्लेख गर्दै प्रधान सम्पादक शर्माले भने, 'अझै पनि नागरिक र नीतिगत तहमा अलमल देखिएको छ । ब्याट्रीले कति चल्छ ? उकालोमा तान्छ कि तान्दैन भन्ने आधारभूत कुरामै बहस भइरहेको हुन्छ । विद्युतीय सवारीका सन्दर्भमा अझै पनि प्रस्ट पार्न सकिएको छैन । '

त्यस्तै बर्सेनि हुने गरेका नीतिगत परिवर्तनले पनि विद्युतीय सवारी सञ्चालनमा कठिनाइ भएको प्रधान सम्पादक शर्माको भनाइ छ । उनले अगाडि भने, 'हरेक वर्ष नीतिहरू परिवर्तन भइरहेको छ । प्रस्ट छैन नीतिहरू । त्यसैले पनि सरकारले नीतिगत रूपमा सम्बोधन गर्नुपर्छ ।'

प्रकाशित : जेष्ठ १, २०८० १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?