राजापुर मुल भन्सार सञ्चालन गर्ने सहमति 

कमल पन्थी

बर्दिया — जिल्लाको राजापुरस्थित एक मात्र मुल भन्सार कार्यालय पुनः सञ्चालनका लागि नेपाल भारतका व्यापारी र स्थानीय प्रहरी प्रशासन सहमत भएका छन । सीमावर्ती भारतको  कतरनियाघाटमा भएको छलफलमा आवश्यक प्रक्रिया पुर्‍याई भन्सार सञ्चालनमा ल्याउने सहमति भएको हो । 

राजापुर मुल भन्सार सञ्चालन गर्ने सहमति 

सात वर्ष अघिसम्म सञ्चालित राजापुर मुल भन्सार कार्यालय बन्द भएपछि यहाँबाट हुने आयात निर्यात बन्द भएको थियो । सात वर्ष अघि कर्णाली नदीको भंगालो गेरुवा नदीमा नेपालगन्ज, गुलरिया र राजापुर जोड्ने सडक पुल निर्माण भएपछि राजापुर—कतरनियाघाट नाका बन्द भएको हो । नाका बन्द भएपछि कैलालीको भारतसँग जोडिएको खग्रोला नाकाबाट सामान आयात निर्यात हुने गरेको छ । दुबै मुलुकका भन्सार प्रमुखको नेतृत्वमा कतरनियाघाटमा छलफल भएको थियो ।

दुबै मुलकका अधिकारीबीच भएको सहमति अनुसार हार्डवेयर, मोटर्सपार्ट लगायत घरायसी सामान ल्याउन अनलाइन मार्फत राजस्व लिने व्यवस्था मिलाइएको छ । भन्सार प्रमुख बस्नेतले नाकाले वैधानिकता पाएपनि आयात निर्यातमा खासै सहमति नभएको बताए । ‘खाद्य सामग्री आयात निर्यात गर्दा ल्याव परीक्षण गर्नु पर्ने हुन्छ,’ उनले भने ‘कृषि उपज खाद्यान्य आयात निर्यात गर्दा ल्यावको व्यवस्था नभएकोले अनुमति नदिएको हो ।’

सात वर्ष अघि करिब ४० किमी पूर्व मिहीपुरुवामा स्थान्तरण भएको भन्सार कार्यालयका कर्मचारी कतरनियाटमा फर्कन लागेको उद्योग वाणिज्य संघ बर्दियाका अध्यक्ष केदार थापाले बताए । भारतीय नाका कतरनियाघाटसम्म सवारी साधनबाट सामान आयात निर्यात गर्दा बाधा नगर्नेमा भारतीय पक्ष सहम भएको उनले बताए ।

कतरनियाघाट वन्यजन्तु आरक्ष परेको र सरजु नदीमा पुल नभएका कारण नाका सञ्चालनमा सहज नहुने भन्सारका कर्मचारी बताउँछन । भारतीय सीमा क्षेत्रमा वन्यजन्तुको त्रास भएका कारण विहान १० देखि साँझ ५ बजेसम्म वनका कर्मचारीले आउजाउको अनुमति दिँदै आएका छन् ।


प्रकाशित : वैशाख १४, २०८० १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?