२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पुनः बढ्यो कोरोना, एक सय ३६ संक्रमित थपिए

काठमाडौँ — कोरोना भाइरस संक्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा संक्रमण पुष्टि भएको छ । 

पुनः बढ्यो कोरोना, एक सय ३६ संक्रमित थपिए

यस्तै सक्रिय संक्रमित तीन ९० जना पुगेका छन् । सोमबार एक सय १३ जनामा संक्रमण फेला परेको थियो । मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २७ जना, सघन उप कक्ष (आइसियु)मा चार जना र भेन्टिलेटरमा एक जना उपचाररत रहेका छन् ।

यस्तै आज ६४ जना कोरोना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ । नेपालमा छिमेकी देशमा भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि. १.१६ देखा परेको छ ।

शून्यमा झरेको संक्रमण नेपाल भारत खुला सीमानाका कारणले संक्रमित नेपाल प्रवेश गर्नाले फैलिएको हो ।

प्रकाशित : वैशाख १२, २०८० १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?