‘प्रतिक्रिया दिने बेला भएको छैन, बारा आएर अत्यन्तै खुसी छु’– यादव

लक्ष्मी साह

बारा — जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका बारा-२ को उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले मत गणनाको प्रारम्भिक मत परिणाम आइरहँदा अहिले प्रतिक्रिया दिने बेला नभएको तर बारा आउँदा आफू अत्यन्तै खुसी भएको बताएका छन् ।

‘प्रतिक्रिया दिने बेला भएको छैन, बारा आएर अत्यन्तै खुसी छु’– यादव

आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना भइरहेको कलैयास्थित शिक्षा तालिम केन्द्रको मतगणना स्थल घुम्न आउने क्रममा पत्रकारहरूको जिज्ञासामा उनले छोटो प्रतिक्रया दिएका हुन् ।

हालसम्मको मतगणना अनुसार उनले १४ हजार १८० मत ल्याएका छन् । यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहा र एमालेका पुरुषोत्तम पौडललाई निरन्तर पछि पारिरहेका छन् । चुनावी प्रचारप्रसारका बेला घरदैलो कार्यक्रम, भेटघाटमा मत माग्ने क्रममा उत्साही र खुसी नभएका उनी मत परिणाम आइरहँदा उत्साहित र खुसी देखिएका छन् । मतगणना स्थलमा उनी निकै हँसिला देखिन्थे ।

प्रकाशित : वैशाख १२, २०८० १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?