कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३
उपनिर्वाचन

रवि लामिछानेलाई ७२ प्रतिशत मत

रमेशकुमार पौडेल

चितवन — चितवन–२ को उपनिर्वाचनमा २१ हजार मत गणना गर्न बाँकी रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । अहिले कालिका नगरपालिकाको मतगणना भइरहेको छ । चितवन–२ मा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाहरु र इच्छाकामना गाउँपालिकाको सम्पूर्ण मत भनेर सकिँदा लामिछानेले निकटतम प्रतिस्पर्धी भन्दा ३२ हजार ६१२ मतको फराकिलो मतान्तर कायम गरे ।

रवि लामिछानेलाई ७२ प्रतिशत मत

तीन पालिका रहेको चितवन–२ मा इच्छाकामना र भरतपुरमा कुल ५६ हजार ४९६ मत खसेको चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक जानकारी गराएको छ । जसमध्ये ५५ हजार ६२६ मत सदर भएको छ । यी दुई पालिकाका सदर मतमध्ये लामिछानेले ४० हजार ५९ मत ल्याए । कांग्रेसका जीतनारायण श्रेष्ठको सात हजार ४५७ र एमालेका रामप्रसाद न्यौपानेको ७ हजार २६८ मत आयो ।

दुई पालिकाको अन्तिम मत परिणाम आउँदा लामिछाने एक्लैलाई ७२ प्रतिशत मत गएको छ । अब कालिका नगरपालिकाको मत गणना सकिए लगत्तै लामिछाने विजयी भएको औपचारिक घोषणा हुने छ । मध्याह्नसम्म अन्तिम परिणाम आइसक्ने मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ ।

अघिल्लो पटक मंसिर ४ मा भएको निर्वाचनमा लामिछाने चितवन–२ बाट विजयी हुँदै गर्दा ५९ प्रतिशतको हाराहारीमा मत ल्याएका थिए ।

प्रकाशित : वैशाख १२, २०८० ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?