कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँ-१ : रास्वपा उम्मेदवार वाग्ले २६ हजार ८ सय २७ सहित अग्रस्थानमा

काठमाडौँ — तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले २६ हजार ८ सय २७ मतसहित अग्रस्थानमा कायमै छन् । सोमबार राति १०:३२ बजे सार्वजनिक मतपरिणामअनुसार उनले २६ हजार ८ सय २७ मत प्राप्त गरेका हुन् । 

तनहुँ-१ : रास्वपा उम्मेदवार वाग्ले २६ हजार ८ सय २७ सहित अग्रस्थानमा

यो निर्वाचन क्षेत्रको ४२ वडामध्ये ३५ वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । यसअवधिमा ५१ हजार दुई सय १९ मतगणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १५ हजार ४ सय ५४ र नेकपा (एमाले) का सर्वेन्द्र खनालले ७ हजार २ सय ८९ मत प्राप्त गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार ७ सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ ।

प्रकाशित : वैशाख ११, २०८० २२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?