२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

मंगलबार पनि मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना 

चितवन — पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा गराएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

मंगलबार पनि मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना 

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार भारतको मध्यप्रदेशमा रहेको न्यूनचापीय प्रणालीले गर्दा नेपालमा वर्षा गराएको हो । भोलिदेखि न्यूनचापीय प्रणाली कमजोर भएर मौसममा क्रमिक सुधार आउनेछ । 'नेपालको पश्चिम क्षेत्रनजिक भारतको मध्यप्रदेशमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावले वर्षा गराएको हो, दिउँसोभन्दा कमजोर अवस्थामा पुगेकाले भोलिदेखि केही सुधार हुन्छ', मौसमविद् अधिकारीले भने ।

पश्चिमी वायुको प्रभाव रहिरहने हुनाले आगामी दिनमा विशेषगरी देशका पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको उनले उल्लेख गरे । सोमबार दिउँसो काठमाडौँमा हल्का वर्षा भएको छ । काठमाडौँमा ११ दशमलव छ मिलिमिटर वर्षा मापन गरिएको छ । देशका अन्य भेगमा पनि हल्का वर्षा भएको छ ।

महाशाखाले साँझ जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा रातिको समयमा लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा मौसम बदली रही पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मङ्गलबार पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरुमा हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित : वैशाख ११, २०८० २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?