संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयक विशेष समितिमा लैजाने तीन दलको सहमति

काठमाडौँ — प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक विशेष समितिमा लैजाने सहमति भएको छ। सिंहदरबारमा भएको ३ दलका शीर्ष नेताहरू बैठकले यस्तो सहमति गरेको हो ।

संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयक विशेष समितिमा लैजाने तीन दलको सहमति

यो विधेयकमाथि छलफल गर्न विशेष समिति गठन हुनेछ । समिति १५ सदस्यीय हुनेछ । संवैधानिक परिषद्सम्बन्धी विधेयक भने संसद् बैठकबाट पारित गर्ने सहमति भएको हो । त्यसैगरी बैठकमा एमालेले संसद्‌का १५ समितिमध्ये सार्वजनिक लेखासहित २ वटा समितिको नेतृत्व पाउने भएको छ । एमालेले चारवटा समितिको सभापति दाबी गर्दै आएको थियो ।

'अहिलेलाई फरक धारणा रहेका सबै विषयमा प्रमुख ३ दलबीच सहमति जुटेको छ‚' एमालेका प्रमुख सचेतक पदम गिरीले भने ।

प्रकाशित : वैशाख ११, २०८० १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?