उपनिर्वाचनमा कांग्रेसबाट तनहुँ र चितवनमा खटिए दुई महामन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली कांग्रेसले १० वैशाखमा हुने उपनिर्वाचनका लागि महामन्त्रीद्वयलाई दुई निर्वाचन क्षेत्रमा खटाएको छ । उपनिर्वाचन हुने तनहुँ-१ मा महामन्त्री गगन थापा र चितवन-२ मा अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई खटाएको हो ।

उपनिर्वाचनका लागि सोमबार हुने मनोनयन दर्ताको कार्यक्रममा महामन्त्री थापा र शर्मा त्यसतर्फ जान लागेका हुन् । उनीहरूले त्यहाँ मनोनयन दर्तापछि आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् ।

कांग्रेसले बारा-२ मा भने उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । त्यहाँ सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उपेन्द्र यादव उम्मेदवार बन्ने भएका छन् । तनहुँ-१ मा कांग्रेसबाट गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

सोमबार चितवन-२ मा हुने मनोनयन दर्तामा सहभागी हुन सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना समेत सहभागी हुने नेताहरुले जनाएका छन् ।

प्रकाशित : चैत्र १९, २०७९ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्

सेयर बजारका सबै सूचक घटे, नेप्से १९ सयभन्दा झर्‍यो

कान्तिपुर संवाददाता

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से, सेन्सिटिभ तथा उपसमूहगत सूचकहरु ओर्लिका छन् । नेप्से परिसूचक २० अंक घटेर १८८८ अंकमा कायम भएको छ । कुल १ अर्ब २० करोडको कारोबार भयो । जम्मा २३ कम्पनीको मूल्य बढ्दा १८९ को घट्यो भने ४ को स्थिर रहृयो । 

बैंकिङ १३, विकास बैंक ४१, फाइनान्स २३, होटल तथा पर्यटन १८, जलविद्युत् ४१, जीवन बीमा ३६, उत्पादन ३५, लघुवित्त ३५, निर्जीवन बीमा ४७, अन्य १० र ब्यापार उपसमूह ५४ अंक घटे । सबैभन्दा धेरै कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो भने जीवन विकास लघुवित्तको ४.८ प्रतिशत बढ्यो ।

स्वाभिमान लघुवित्तको ९.६, कालिका लघुवित्तको ७.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, शिवम् सिमेन्ट, रिडी पावर, हिमालयन डिस्टिलरी र नेपाल पुनर्बीमा कम्पनी क्रमशः अगाडि रहे ।


प्रकाशित : चैत्र १९, २०७९ १५:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×